ताजा अपडेट »

हातको स्वच्छता / Hand Hygiene

विहीबार, २९ असोज २०७७, १० : १९
68 Shares

विश्वभरी हाल कोरोना भाइरस डिजिज ( कोभिड-१९ ) महामारीको रुपमा फैलिरहेको छ । यसको औषधी र खोप हालसम्म विकास भैसकेको छैन अध्यान कै क्रममा छ । उपचार नभएका कारणले गर्दा रोग लाग्न नदिनका लागि विश्वका अधिकांश देशले रोकथाम र नियन्त्रणमा प्राथमिकता दिइरहेको छन्  । हात धुने प्रक्रियालाई रोकथामको प्रमुख उपायको रुपमा विश्वभरी अवलम्बन गरिएको छ ।

हात धुने प्रक्रिया ( Hand Washing ) ले हातमा रहेको माटो, फोहर, चिल्लो पदार्थ र मुख्यरुपमा सुक्ष्मजीवहरु ( जीवाणु, विषाणू, प्रोटोजुवा र अन्य संक्रामक तत्व ) हरुलाई हातबाट हटाउन सहयोग गर्छ  । दिउसोको संबेदनसिल समयमा साबुन पानिले मिची मिची हात धुनाले बिभिन्न प्रकारको संक्रामक रोगको संक्रमणवाट रोकथाम गर्न सहयोग गर्छ । फिकल-ओराल माध्यामबाट शरीरमा प्रवेश गर्ने सुक्ष्मजीव साथै आँखा, नाक, मुखको म्युकस मेम्ब्रेनवाट शरीरमा प्रवेश गर्ने सुक्ष्मजीवहरु संक्रमित भएको हातवाट शरीरमा सहजै प्रवेश गर्न सक्छ ।

इतिहास

मानव स्वास्थ्य र हात धुने प्रक्रियाको महत्वको बारेमा सर्वप्रथम १९ औं शताब्दीमा सम्बन्ध पत्ता लागेको थियो । यसको महत्व स्थापित गर्ने श्रेय दुई स्वास्थ्यकर्मी,  अस्ट्रियाको भीएनामा कार्यरत हंगेरीका फिजिसियन डाक्टर Ignaz Semmelweis र आधुनिक नर्सिङ्गकी संस्थापक  Florence Nightingale लाई जान्छ । १९ सौ शताब्दीको मध्य तिर भीएनामा काम गर्ने क्रममा डा. इगनाजले चाईल्ड बेड फिबरबाट धेरै महिलाको मृत्यु भएको पाए । सोहि रोगबाट १८ औं शताब्दीमा धेरै कम महिलाको मृत्यु हुने गर्थ्यो १९ सौ शताब्दीको अगाडीको दशकमा समेत मृत्यु दर १-२ प्रतिशतमा सिमित थियो । सन् १८२३ मा मृत्यु दर बढेर ९.२ % सम्म पुग्यो अत्याधिक मृत्यु दरले स्वास्थ्य क्षेत्रमा तरंग ल्यायो । डा. इगनाजले मृत्यु दर बढ्नुको कारणको अध्यान गर्न थाले ।

अध्यानका क्रममा अस्पतालमा भर्ना भएका, अस्पतालमा सुरक्षित मातृत्वका भर्ना भएका महिलामा मृत्यु दर २५-३० प्रतिशत सम्म भएको पाइयो । डा. इगनाजले अस्पतालबाट रोग फैलिएको निश्कर्ष निकाले । १९ औं शताब्दीसंगै स्वास्थ्य क्षेत्रको विकासहुदै गएको थियो । पहिले बच्चा जन्माउन मिड-वाइफहरुले घर मै गरेर सहयोग गर्ने गर्थे । पछि अस्पतालमा ल्याएर डाक्टरको निगरानीमा मातृत्व गराउन थालियो । डाक्टरले सल्यक्रिया र पोस्टमार्टम गर्ने र सोही हातले महिलाको उपचार गर्ने गर्थे । संक्रमित हात नै रोगको सुरुवात र संक्रमण फैलिन कारक भएको निश्कर्ष निकालियो । डा. इगनाजले उपचार गर्ने डाक्टरलाई क्लरिन र लाइमको घोलले अनिवार्य हात धुने कार्यविधि कार्वान्यन गरे । फलस्वरूपमा मृत्यु दरमा आश्चर्यजनक रुपमा गिरावट आयो । फ्लोरेन्स नाइटेनगलले समेत क्रीमीयन युद्धको बेला सोही अनुसार अबलम्बन गरेकी थिइन ।

Centers for Disease Control and Prevention ले १९८० को दसकमा फैलिएको खानाबाट फैलिएको संक्रमण र स्वास्थ्यसँग सम्बन्धित संक्रमणको रोकथाम र नियन्त्रणका लागि हात स्वच्छतालाई प्रवर्द्धन गरेको थियो । सन् २००९ मा देखिएको स्वाइन फ्लु र हाल माहामारीको रुपमा देखा परेको कोभिड-१९ ले धेरै देशमा हात धुनुको महत्वको बारेमा अझ चनाखो हुन सिकाएको छ । विश्व स्वस्थ संगठनले हात धुने तरिका सेमत विकास गरेको छ ।

जनस्वास्थ

स्वस्थमा फाईदा

हात धुँदा धेरै स्वास्थ्यमा फाइदाहरु हुन्छन । यसले विभिन्न प्रकारको संक्रामक रोग जस्तै इन्फ्लुन्जा, कोरोना भाइरस, र अन्य स्वास प्रस्वास सम्बन्धि रोग र पाचन प्रणालीसंग सम्बन्धित संक्रामक रोगको न्यूनीकरण गर्छ । शिशु मृत्यु दर कम गर्नसमेत सहयोग गरेको हुन्छ ।  घर, विद्यालय, समुदायमा विभिन्न क्रियाकलाप पश्चात हात हुने बानी छेरौटी र श्वास–प्रश्वास रोगको न्यूनीकरण गर्ने प्रभावकारी र सबैभन्दा सस्तो माध्यम समेत भएको छ । UNICEF युनिसेफका खाना खान अगाडी र शौचालय प्रयोग गरीसके पछि हात धुने बानी बसाल्ने हो भने खोप लगाउनु सरह धरै जीवन वचाउन सहयोग गर्छ ।

असर

हात धुनमा केही साना बेफाइदा समेत छन् । लगातार धेरै पटक हात धुदा छालामा क्षति गर्न सक्छ । २०१२ को डेनिसमा स्वस्थ कर्मीमा भएको अध्यानका अनुसार धेरै हात धुदा छाला चिलाउने र अन्य छालासंग सम्बन्धित समस्या जस्तै hand eczema अथवा  hand dermatitis जस्ता समस्या देखा पर्न सक्छ  । obsessive-compulsive disorder (OCD) भएका बिरामीले धेरै पटक हात धुने गर्छन ।

कती बेला हात धुने:

दिउसको समयमा पाँच संवेदनशिल समयमा हात धुन जरुरी छ । शौचालय प्रयोग गरीसकेपछि ( पिसाब दिसा ), बच्चाको दिसा धोइसकेपछि, बच्चालाई खाना खुवाई सकेपछि, खाना पकाउन अगाडी / खाना खान अगाडी, काँचो मासु / माछा छुनु अगाडी अनिवार्व रुपमा हात धुनु पर्छ । घाउ उपचार गर्नु अगाडी, खोकी सकेपछि, हाच्छिउ गरीसके पछि रोगको संक्रमण रोकथामको लागि हात धुनु पर्छ  ।

विश्व स्वास्थ्य संगठनले निम्न बेलामा हात धुन सिफारिस गरेको छ

  • खाना बनाउने बेलामा, खाना बनाई सकेपछि, र खाना बनाउने बेलामा
  • खाना खानु अगाडी
  • बिरामी व्यक्तिलाई छुनु अगाडी र छोई सकेपछी
  • शौचालय प्रयोग गरीसकेपछी
  • शिसुको दिशा धोई सकेपछि
  • खोकी सकेपछि, ह्याछिउ गरीसके पछी
  • पशु, पशु आहार र पशुको फोहर छोई सकेपछि
  • फोहोर छोई सकेपछि

हात धुन प्रयोग गरिने साबुन तथा डीटार्जेन्ट

पानीमा साबुन र  डीटार्जेन्ट प्रयोग गरेर हात धुदा छालामा भएको सुक्ष्मजीवलाई हटाउने सहयोग गर्छ ।

साबुन

ठोस साबुन पुन: प्रयोग गर्ने प्रकृतिको भएको कारणले पहिले प्रयोग गरेका कारणले गर्दा जीवाणुहरु रहेको हुन सक्छ  । अध्यानका अनुसार पुन: प्रयोग गर्नु पुर्व उक्त साबुनलाई धोएर प्रयोग गर्दा राम्रो हुन्छ  ।

एन्टीव्यटीरिएल साबुन

एन्टीव्यटीरिएल गुण भएका कारणले गर्दा यसको प्रभाबकारिता धेरै हुन्छ  ।

एन्टीसेप्तिक वा ह्याण्ड सेनीटाइजर

पानि नभएको ठाउँमा वा स्वस्थ क्षेत्रमा एन्टीसेप्टीक वा ह्याण्ड सेनीटाइजर प्रयोग गर्न सकिन्छ  । यसको लागि कम्तिमा पनि ७०% अल्कोहल भएको सेनीटाईजर प्रयोग गर्नु पर्छ  ।

हात धुने तरिका

Centers for Disease Control ले हात धुने निम्न बुँदा सिफारिस गरेको छ  

  • चिसो वा तातो पानीले हात भिजाउने हात धुदा तातो वा चिसो जुन सुकै पानी प्रयोग गर्न सकिन्छ  ।
  • हातमा साबुन, वा ह्याण्ड वास राख्ने र फिज निकाल्ने हात धुदा अगाडी हत्केला, औलाको बिच भाग, हातको पछाडीको भाग, औलाको टुप्पोको भाग सबै राम्रो संग धुनु पर्छ  । साबुनमा निस्किने फिजले छालावाट सुक्ष्मजीवलाई बाहिर लैजान्छ  ।
  • हात धुदा कम्तिमा २० सेकेन्ड सम्म स्कर्ब गर्नु पर्छ ।  स्कर्ब गर्दा छालावाट सुक्ष्मजीव हट्छ  ।
  • हात धुदा बगेको पानीमा धुदा उपयुक्त हुन्छ जमेर बसेको पानी संक्रमित हुनसक्छ जसले हातलाई पुन:संक्रमण गराउन सक्छ
  • २० सेकेन्ड सम्म हात धोईसके पछि टावेलले राम्रो संग पुछ्नु पर्छ वा हावामा सुख्खा हुन दिनु पर्छ  । चिसो वा ओसिलो सहजै पुन संक्रमण हुनसक्छ  ।
  • हात धुदा बुढी औला, नाडी, औलाको बिचको भाग, औलाको टुप्पोको भाग र नङ नछुटाई धुनु पर्छ  ।

हातलाई सुख्खा हुन नदिनका लागि मोस्चराईजिंग लोसन प्रयोग गर्नु पर्छ सुख्खा छालामा संक्रमण बढी हुन्छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।