२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

आपतकाल घोषणा गर्दै थाइ सरकारले ठूला प्रदर्शन र भेलामाथि प्रतिबन्ध लगाएको छ। थाइ प्रहरीले टेलिभिजनबाट सार्वजनिक वक्तव्य जारी गर्दै भनेको छ – ‘गैरकानुनी क्रियाकलाप गराउने उद्देश्यले धेरै मानिसहरुलाई बोलाइएको छ।’ शान्ति र सुरक्षा व्यवस्था कायम राख्नका लागि तत्काल यस्तो आदेश गर्नुपरेको टेलिभिजनमार्फत् जारी गरिएको संदेशमा उल्लेख छ।

थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ‌ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्। रोयल मोटरकेडलाई आन्दोलनकारीले रोकेको विषयलाई लिएर आपतकालीन आदेश घोषणा गर्नु परेको सरकारले जनाएको छ। नयाँ प्रावधानअनुसार अब ४ जनाभन्दा धेरै मानिस भेला हुन पाउने छैनन्। मिडियामाथि पनि यो आदेशले प्रतिबन्ध लगाउने व्यवस्था छ। भय पैदा गर्ने, मिसलिड गर्ने खालका समाचार समाचार प्रकाशन निषेध भन्दै राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न मिडियामाथि निषेध गरिएको छ।

आपतकालमा सरकारले ठाउँ तोकेर जोकसैलाई पनि प्रवेश निषेध गर्न सक्छ। जुलाईदेखि सुरु भएको विद्यार्थी नेतृत्वको आन्दोलन थाइल्यान्डको संस्थापन पक्षका लागि धेरे पहिलेदेखि टाउको दुखाइको विषय बनिरहेको छ। सरकारी अधिकारीले आन्दोलनमा १८ हजार मानिस उत्रिएको दावी गरे पनि मानिसहरुको संख्या धेरै रहेको र त्यो अझ बढ्न सक्ने देखिएको छ। -पहिलो पोष्ट

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…