ताजा अपडेट »

शारीरिक अपाङ्गता भएकाहरुलाई यौनिकता शिक्षा

बुधबार, २८ असोज २०७७, १७ : ५५
6 Shares

बुटवल । नेत्रहीन युवा संघ नेपालको आयोजनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लागि यौनिकता शिक्षा तालिम प्रदान गरेको छ । १३ बर्ष देखि २५ वर्ष उमेर समूहका शाररिक अपाङ्गता भएका व्यक्तिहरुलाई भर्चुअल माध्यमबाट तालिम प्रदान गरिएको हो । तीन दिन सम्म चलेको यौनिकता शिक्षा तालिममा रिता साही र किशोर आतार्यले सहजीकरण गरेका थिए ।

नेत्रहीन युवा संघ रुपन्देहीको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको अध्यक्ष टिकारमा पौडेलले जानकारी दिए । २५ जनाको सहभागिता रहेको तालिम समापन कार्यक्रममा सहभागी रितु खनालले सिक्ने विषय बढि रहेकोले अझ वृहत रुपमा आयोजना गर्नुपर्ने धारणा राखिन् । सहभागी मन्जु शाहसी, सुवास गुरुङ, केन्द्रीय कार्यलयका कर्मचारी निरु महर्जन लगायतले धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।