ताजा अपडेट »

धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

बुधबार, २८ असोज २०७७, १७ : ३७
8 Shares

कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।