Aug 8, 2022
बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८० हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८.६ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३६ हजार ३६७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १४ हजार ८१९ छ भने होम आइशोलेसनमा २१ हजार ५४८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६६६ छ ।
प्रतिकृया दिनुहोस्