ताजा अपडेट »

अर्घाखाँची सिमेन्टद्वारा निःशुल्क मास्क वितरण

बुधबार, २८ असोज २०७७, १५ : ०५
2 Shares

बुटवल । अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीको भैरहवामा निःशुल्क मास्क वितरण गरेको छ । प्रालिले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै कोरोनाबाट बच्न भैरहवामा मास्क वितरण गरेको हो ।

मास्क वितरण गर्दै प्रा.लि.का महाप्रबन्धक उद्धव बहादुर कार्कीले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित हात धुनुका साथै हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे ।

समुदायस्तरमा संक्रमण फैलिएपछि ‘कोरोना भाइरसबाट बच्नको लागि मास्क प्रयोग गरौं’ भन्ने नाराका साथ भैरहवास्थित मिलनचोक र विद्रोही चोकमा २ हजार बढी एननाइटी फाइभ मास्क वितरण गरिएको प्रा.लि.का मार्केटिङ म्यानेजर निलकण्ठ खनालले जानकारी दिए । प्रालिका पर्चेज म्यानेजर अनिल कुमार गुप्ता लगायत कर्मचारीहरुले सर्वसाधारणलाई मास्क वितरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।