ताजा अपडेट »

तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए

बुधबार, २८ असोज २०७७, १४ : ३३
8 Shares

काबुल । अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ ।

तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।

उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् । तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् । एएनआई

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।