२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

वीरगञ्ज । केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए । मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशालाई रुपान्तरित गरेको छ । पुर्ख्यौली पेशा चोरी डकैती गर्ने काम त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ ।

Advertisement

‘त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौं’, लालबन्दी नगरपालिका-२ पुनर्वास बस्तीका दानालाल पासवानले भने, ‘देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुर्ख्यौली पेशालाई त्यागेका छौं ।’

‘पूर्व-पश्चिम राजमार्गको लालबन्दी बजारबाट करिब पाँच किलोमिटर पश्चिम दक्षिणस्थित सो बस्तीका चोरहरु अहिले राज्यको मूलधारमा आएर विभिन्न व्यवसाय गर्दै आएको छ’, लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले भने ‘उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि कृषि पेशामा आधारित कार्यक्रम, खेतखेतमा सिँचाइको लागि बिजुली र प्रत्येक प्लटमा कृषि सडक पुर्याइएको छ ।’ तरकारी खेतीबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन थालेपछि उनीहरु अहिले आफ्नो पुर्ख्यौली पेशा त्यागेको उनले बताए ।

हिजोको कष्टपूर्ण जीवनशैलीमा आधारित पुर्ख्यौली पेशा त्यागेर तरकारी खेतीबाट उनीहरुको फेरिएको जीवनशैलीसँगै अहिले पुनर्वास बस्तीको परिचय समेत फेरिएको लालबन्दी नगरपालिका-२ का वडाध्यक्ष किरण पासवानले बताए । उनले भने ‘उक्त बस्तीमा कृषि र सिँचाई क्षेत्रमा बढी बजेट छुट्याइएकाले उनीहरुको आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुगेको छ ।’ ‘यो बस्तीको चारैतिर अहिले पक्की सडक देख्न सकिन्छ।’, उनले भने, ‘कृषि र पशुपालन व्यवसाय तथा वैदेशिक रोजगारका कारण गाउँमा अहिले प्रायःजसोको आर्थिक अवस्थामा सुधार आएको छ ।’

पुनर्वास बस्तीका देवानन्द पासवानले करिब चार दशक अघिसम्म यस क्षेत्रका बासिन्दा सो गाउँको बाटो भएर हिँड्न डाराउँथे तर समयको परिवर्तनसँगै हाम्रो जीवनशैलीमा समेत परिवर्तन आएको छ भने । उनले भने, ‘निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा आएको सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले यो बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको छ । आधारभूत आवश्यकता परिपूर्तिसँगै यो बस्ती अहिले समृद्धिको यात्रातर्फ लम्किँदै गएको छ ।

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले शुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५०० घरपरिवार छ भने करिब तीन हजार ५०० जनसङ्ख्या रहेको छ । लालबन्दी नगरपालिका-२ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता रहेको छ । एबिसिडी गरी चार वटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्ती समेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भएपनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुका प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो ।

‘युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाहरु तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको छ’, वडा नं १ का वडाध्यक्ष पञ्चालाल स्याङयोले भने, ‘लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ।’

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय रहेका छन् । उनीहरुको छोराछोरी यसै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन् । छोटो समयमा पुर्ख्यौली पेशा त्यागेर धनुषाको झिँझाबाट यहाँ आएका मानिस कडा परिश्रम र मेहेनत गरेर यहाँ सुन फलाउन थालेपछि लालबन्दीवासी खुशी भएका छन् ।

चोरी डाका जस्ता आपाराधिक क्रियाकलाप गर्नेहरुको लागि पुनर्वास बस्तीका मानिस उदाहरण बनेका छन् । आपाराधिक क्रियाकलाप त्यागेर यहाँ आएका झिँझाका मानिस वाल्मिकी बन्न सक्छ भने अरुले किन सक्दैन ? लालबन्दीवासीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने