२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ ।

हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली –२, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट –४ र ५ मा आइतबार गाडी पुगेको हो । भौगोलिक रुपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । बाजुरा हुँदै हुमलाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

कर्णाली करिडोरअन्र्तगत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ । सर्केगाड र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन् । काठमाडौँ, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए । माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्को पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन् ।

ताँजाकोट– ४ पुईमा खोला हुँदै ताजाकोट– ४ र ५ मा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमा गाडी पुगेसँगै उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट– ४ का प्रदिप बोगटीले बताए।
यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीयवासी अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट दुई वर्षदेखि शुरु गरी सडक निर्माण गरिएको हो ।रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु