२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

राँझा । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए ।

Advertisement

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकामा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् । प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो । “रु पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै दर्ता हुने व्यवस्था भएको छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ”, प्रमुख उद्योग अधिकृत थारूले भने, “उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।”

रु २० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण तथा क्षमता विकाससम्बन्धी तालिम कार्यक्रम तय गरेको छ ।

उद्योगीहरुको आवश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन गरिने प्रमुख उद्योग अधिकृत थारूको भनाइ छ । घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन भएको बताउनुभयो । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उाले महासङ्घले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा १० अंकले बढ्यो सेयर बजार