ताजा अपडेट »

फेरि घट्यो सुनचाँदीको मूल्य

बुधबार, २८ असोज २०७७, ११ : ४३
6 Shares

बुटवल । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको मूल्य ९४ हजार रहेको छ ।

मंगलबार पनि सुन तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।