२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।

Advertisement

नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ । नगरप्रमुख गिरीले कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै सङ्क्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब सङ्कलन गरिएकामा १४ जनामा सङ्क्रमण देखिएपछि अन्यको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

सङ्क्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको  जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

कोरोना सङ्क्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेशन फाउण्डेशनद्वारा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् ।

शिविरमा सहभागी चिकित्सक र आयोजकसमेतमा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना सङ्क्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा