२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सिमकोट । हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ । सिमानाका बन्द हुँदा खाद्यान्न सामग्री आयात नुहँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल बुझाइएको छ ।

Advertisement

खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए।

लिमीका तीनवटै गाउँमा खाद्यान्न सङ्कट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ ।

केही दिन अगाडि मात्रै सो संस्थानले केन्द्रीय कार्यालयमा पाँच हजार क्विन्टल खाद्यान्न माग गरे पनि ३०० क्विन्टल चामल मात्रै स्वीकृत भएर गाउँतिर ढुवानी गर्न शुरुआत गरिएको बताइएको छ । अहिलेलाई यति नै भए पनि केही राहत हुने स्थानीयवासीले बताएका छन् । अन्य थप खाद्यान्नका लागि पनि पहल गरिरहेको संस्थानका प्रमुख विष्टले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने