ताजा अपडेट »

आजको राशिफल (वि.सं.२०७७/०६/२८ बुधबार)

बुधबार, २८ असोज २०७७, ०७ : २५
8 Shares

मेष– भोगविलासमा खर्च हुनेछ । यात्राको योग बन्नेछ । प्रेममा खुशी मिल्नेछ ।

वृष- कृषिबाट आर्थिक लाभ हुनेछ । व्यापारमा वृद्धि हुनेछ । महिलाबाट सहयोग मिल्नेछ ।

मिथुन– नयाँ काममा योजना बन्नेछ । सानो यात्रा हुनेछ । दाजुभाइबाट राहत मिल्नेछ

कर्कट– बोली वचनको राम्रो प्रभाव पर्नेछ । पुरानो सम्पत्ति बढ्नेछ । इष्टमित्रबाट सहयोग पाईनेछ ।

सिंह– काममा अलमल हुनेछ । इष्टजनसँग भेटघाट हुनेछ । मित्रबाट सहयोग आउनेछ ।

कन्या–प्रेम मनमुटाव हुनेछ । मनोरन्जनमा बढी व्यय हुनेछ । आर्थिक कारणले मित्रता टुट्नेछ ।

तुला- मित्रबाट धन लाभ मिल्नेछ । कृषिबाट विशेष फाइदा हुनेछ । महिलाबाट सहयोग मिल्नेछ ।

वृश्चिक– मानसम्मान पदोन्नतिको चर्चा हुनेछ । नेताबाट आश्वासन मिल्नेछ । सरकारी काममा लाभ हुनेछ ।

धनु – विदेशबाट आर्थिक लाभ मिल्नेछ । पुरानो काम पुरा हुनेछ । पुरानो काम शुरु हुनेछ ।

मकर– मनमा व्यग्रता आउनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । काममा मनोवल खस्किनेछ ।

कुम्भु– पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

मीन– स्वास्थ्यमा सुधार हुनेछ । विरोधीहरु चुप बस्नेछन् । काम विभाजनमा भनाभन पर्न सक्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।