ताजा अपडेट »

पहिले सबैले छाडेको गाउँ,अहिले लोभ लाग्दो ठाउँ

मंगलबार, २७ असोज २०७७, २० : ३६
58 Shares

स्थानीय तहको पुनरसंचनामा दलहरुले खाका तयार गरि प्रस्ताव पेश गर्दा गुल्मी जिल्लाको तत्कालिन नेकपा माओवादीले गुल्मीमा १४ वटा स्थानीय तह र त्यसका केन्द्र तोक्दै सर्वदलीय बैठकमा पेश गरेको थियो । त्यस मध्ये धुर्कोट गाउँपालिको केन्द्र साविक जैसीथोक गाविसको वरबोटलाई तोकेको थियो । वरबोटलाई धुर्कोटको केन्द्र तोक्दा विपक्षी दलहरुले खिसीटिउँरी गर्ने गर्दथे । हुन पनि खानेपानी असुविधा लगाएतका कारण त्यस वरबोट र आसपासका बस्ती बसाई सराईका कारण रित्तिदै थिए । तैपनि सबै दलहरुले वरबोटलाई केन्द्र राख्ने सहमति जनाए । वरबोटमा केन्द्र त बस्ने भयो तर कुनै सरकारी भवन थिएन । न त ब्यक्तिका घर नै उपयुक्त थिए । तैपनि प्रमुख प्रशासकीय अधिकृत लगाएत कर्मचारीहरु खटाइयो । स्थानीय तहको निर्वाचन सुरु हुन थाले पछि प्रमुुख निर्वाचन अधिकृत लगाएतका कर्मचारीहरु आउदा वरबोटमा बसाई सराई गरेर छाडेको एक ब्यक्तिको पुरानो घर र गोठको आँगन दलानको झरापात गोड्दै र सरसफाई गर्दै कार्यालय स्थापना गरियो ।

ब्यक्तिको पुरानो घरमा राष्ट्रिय झण्डा फर्फराउन थाल्यो । निर्वाचन सम्पन्न भए पछि त्यही घरको माथिल्ललो तलाको एउटा साँघुरो कोठामा गाउँपालिका अध्यक्ष र अर्को कोठामा उपाध्यक्षको कार्यकक्ष बनाइयो । भुँई तलामा प्रशासन फाँट र लेखा फाँट । गोठमा प्रमु्ख प्रशासकिय अधिकृतको कार्यकक्ष । गोठ मै काठले पाटेशन गरेर महिला विकास कार्यालय । दलानलाई बारेर योजना फाँटा । जनप्रतिनिधीहरुको ऐतिहासिक सपथ ग्रहण समारोह आँगनमा । कुनै सयम भान्छा कोठा , गाग्री ताउँला राख्ने पडेल्नोमा स्टिलका दराज र राजपत्र लगायतका सरकारी कागज पत्र । स्थापना कालको त्योे दृश्य आफैम रोचक र ऐतिहासिक थियो । सेवाग्राही आँगना बस्थे ।

जनप्रतिनिधीहरुले जसो तसो कार्यालय सञ्चालन त गरे तर चिया र पानी पिउने ठाउँ थिएन । कार्यालय सहयोगीले गाग्रोमा पानी बोकेर खुवाउने गर्दथे । चिया पिउन कार्यालय मै कित्ली बसाल्नुुपर्ने थियो तर, कोठा थिएन । त्यसैलाई मध्ये नजर गर्दै छिमेकी बुद्धि प्रसाद खनालले आफ्नै घरमा चिया र नास्ता पसल राखे । त्यसपछि जनप्रतिनिधिहरु कर्मचारीलाई त्यो सानो चिया नास्ता पसल फाइभ स्टार होटल जस्तै लाग्न थाल्यो । घरको पालीमा दुई चार जना अटाउने टेवुल कुर्सी कर्मचारीहरुदेखि सेवाग्राहीसम्मको भिड । अन्ततः कोही घर पछाडीको खाली जमिन त कोही अर्को बारितिर उभिएर खाने गर्दथे । स्थापना कालको पहिलो बर्ष बालबालिकाहरुको काटेकुुटी खेल जस्तै बन्दै थियो प्रायः सबै ग्रामिण भेगका स्थानीय तहहरुको कार्यालय , धुर्कोटमा त झन हरिविजोग ने देखिन्थ्यो । बैठक र सभाहल राख्ने ठाउँ कतै नभए पछि पहिलो वर्ष धुर्कोट गाउँपालिकाले सय जना सिट क्षमताको सभाहल बनयो । दोश्रो बर्ष धुर्कोट गाउँपालिकाले प्रदेश ५ मै पहिलो पटक आफ्नै शानदार दुई वटा प्रशासनिक भवन बनायो ।

पछि त दर्जनौ चिया पसल, होटल र विभिन्न पसलहरु खुल्दै जान थाले । गाउँपालिका केन्द्रको करिव १ किलो मिटर सडक पिच पनि गरियो । हिजो बसाई सराई गरेर कोही तराई त कोही ठुला शहरमा गएकाहरुले सित्तैमा खाइदेउ भनेर आग्रह गर्दा पनि नबिकेको त्यही बरबोटको जमिन यति बेला हातको हिसाबले धमाधम बिक्रि हुँदैछ । सडक छेउको घडेरी हातको ६० देखि ८० हजार सम्ममा खरिद गरि सकेका छन् मानिसहरुले । वोरबोटमा यति बेला दुई वटा पक्की घर बनेका छन् । एउटा पक्की घरमा सनराईज बैकले बैङ्गिक कारोवार सु्रु ग्रिरहेको छ । सुविधा सम्पन्न होटल सञ्चालन गर्ने प्रयोजनका लागि धुकोृट रजस्थलका समाज सेवी लोकबहादुर खत्री।ले दुई तले पक्की घर बनाउँदै छन् । ‘बसाई सराई गरेर रित्तैदै गएको वरबोट गाउँले फेरी यसरी मानववस्ती पाउला भनेर कल्पानै गरेका थिएनौ’–खत्रीले भने –‘अहिले बसाई सराई गरि काठमाण्डौमा बस्नु भएका ईश्वरीप्रसाद पोखरेलले समेत गाउँपालिकादेखि धेरै तल अर्को नयाँ सभाहल बन्दै गरको स्थानमा हातको ३० हजारका दरले घडेरी किनेर घर बनाउने तयारीमा हुनुहुन्छ । ’

उनका अनुसार सुरुमा गाउँपालिका कार्यालय बसेको घर शेषकान्त खनालको हो । उनको परिवार गत एक दशक देखि बुटवलमा बसाई सराई गरेपछि ढोकामा ताला ठोकिएको थियो । दलान र आँगन झाडीमा परिणत हुँदै थियो । त्यस गाउँका ईश्वरी खनाल पनि १० वर्ष अघिदेखि बुटवल मै बसाई–सराई गरेर गएका छन् । खिमबहादुर पोखरेल , चुरामणि पोखरेल ,कमल खनाल सहित दर्जनौ परिवार बसाई–सराई गरेर अन्यत्रै गए पछि कैयौंको पाखो बारी बिक्रि हुन सकेको थिएन् । ‘तल बरबोट भन्दा माथी टापुमा बाहुन टोलमा उति बेलो घना वस्ती थियो पछि त्यहाँका सबै जना बसाई सराई गरेर गए पछि रित्तै बन्यो पछि हाम्रो परिवार आएर बसेको छ ’– वरबोटमा पसल गरेर बसेका रामप्रसाद पोखरेलले भने –‘ रित्तैको ठाउँ अहिले लोभ लाग्दो बनेको छ र यहाँका वासीन्दाले ब्यापार ब्यवसायबाट आम्दानी लिन थालेका छन् । ’

उनका अनुसार बसाई–सराई गर्नुको मुख्य कारण खानेपानीको हाँहकार हुनु । एक घण्टा सम्म भारतबाट ३४ बर्षपछि फर्किएर गाउँ मै स्वरोजगार म १२ बर्षको उमरेमा भारततिर नोकरी गर्न हिडेको हुँ , त्यहाँ ३४ वर्षसम्म निकै दुःख गरियो’ अहिले वरवोटमा धुर्कोट होटल चलाउँदै आएका मानबहादुर पोखरेलले भने–‘ सबैखाले खान र खाजा नास्ता बनाउने काम भारत मै सिकेकोले ९ महिना पछि घर आएर यहाँ होटल गर्न थालेको छु । ’ उनले होटल चलाउन थालेपछि बोरोजगार रहेका उनका छोरा राजन पनि स्वरोजगार बनेका छन् । स्नातक पढ्दै गरेकी छोरी शर्मिला, कक्षा ९ मा पढ्ने कान्छा र छोरा सागर र उनकी श्रीमाति शान्ता पोखरेल पनि विहान देखि राती अबेर सम्म होटल मै ब्यस्त हुँदै आएका छन् ।

‘यहाँ गाउँपालिकाको केन्द्र हुँदैनथ्यो भने फेरि ईन्डिया नै जानु पर्दथ्यो’– पोखरेलले भने–‘ अहिले सबै परिवारले काम पाएका छौं , कमाई पनि राम्रै हुने गरेको छ । ’ जैसीथोका लामो समय देखि होटल चलाउँदै आएकी गोमा भण्डारी पनि अहिले वरबोट मै होटल सञ्चालन गरकी छन् । ‘गाउँपालिकाको केन्द्र बस्न साथ यहाँ सरेकी हुँ , मानिसहरुको आवत जावत बढेको छ , हाम्रो ब्यापार ब्यवसाय पनि फस्टाएको छ , बसाई सराईले रित्तिदै गएको वरबोटमा घडेरी किन्न आउनेहरुको संख्या बढ्दो छ’– भण्डारीले भनिन । वरबोटले बनायो दजनौलाई स्वरोजगार व्वस्तु गाउँका रामु परियारले केन्द्र रहेको वरवोट मै गत दुई बर्ष देखि कपडा सिलाउने टेलर पसल राख्दै आएका छन् । उनकोमा दिनैभरि भिड लाग्ने गरेको छ । पारी धुर गाउँबाट नारायण पाण्डेले फेन्सी पसल राखेका छन्् । छिमेकी मदाने गाउँपलिका ६ पुर्कोटदह टिकाराम गैरे र जैसीथोकका देबेन्द्र भण्डारीले अलग अलग मोवाईल पसल राखेका छन् ।

जैसीथोककै डोगबहादुर पोखरेलले ईलोक्ट्रोनिक पसल राखेर स्वरोजगार भएका छन् । जैसीथोकका देबेन्द्र भण्डारीले मेडिकल पसल राखेका छन् । चन्द्र भण्डारीले फोटो कपी सहित स्टेशनरी पसल राखेका छन् । राखेका छन् । वस्तुका प्रेम बिकले गल्ला पसल राखेका छन् । कृष्ण प्रसाद पाण्डे र दानबहादुर पोखरेलले अलग अलग फे«श हाउस राखेका छन् । बुद्धि प्रसाद खनालले किराना र होटल दुबै चलाएका छन् । वस्तुकी सरस्वता भण्डारीले ब्य्ुटि पार्लर राखेर स्वरोजगकार बनेकी छनु । भोजराज घिमिरेले किराना पसल राखेका छन् । जैसीथोका लालबहादुर नेपालीले पनि किराना पसल राखेका छन् । धुर्कोट गाउँपलिका वडा नम्वर ५ वस्तु चापाटे गाउँका रामु कुँवरले वरबोट बजारमा दैनिक तरकारी र फलफुल बेचेर परिवारको खर्च चलाउनुका साथै बैंक बचत गर्न समेत सुरु गरेका छन । मैत्री बहुउद्देश्यीय सहकारी संस्था तम्घासले वरबोटमा सुपथ पसल गत वर्षदेखि सञ्चालनमा ल्याए पछि त्यस भेगका कृषकहरु ब्यवसायीक तरकारी खेतीमा प्रोत्साहित हुँदै आएका छन् । त्यस सुपथ पसलमा भाँडाकुडा देखि श्रृ्रंगार , विभिन्न खाद्य र उपभोग्य वस्तुको ठुलै स्टल राखिएको छ ।

कृषकहरुले आफ्नो उत्पादन त्यस पसलमा ल्याएर बेच्ने गर्दछन् अनि आफूलाई आवश्यक वस्तुहरु किनेर लैजाने गरेका छन् । त्यस पसलको प्रवन्धक सुशिल पोखरेलका अनुसार दैनिकध १० हजार सम्मको तरकारी कृषकहरुले ल्याउने गर्दछन् । ब्यवसायीक रुपमा दैनिक १२ जना सम्म कृषकहरुले तरकारी र फलफुल बेच्न ल्याउने गर्दछन् । दैनिक ५० हजारदेखि ६० हजार सम्म कारोवार हुने गरेको पोखरेलले बताए । वोरबोट देखि केहि तल धुर्कोट गाउँपालिकाले सुन्तलाको बाह्रै महिना भण्डारण गर्ने चिस्यान केन्द्र स्थापना गरेको छ । त्यससंगै कृषि हाडबजार सञ्चालन पनि गरिने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । त्यहाँ कृषि हाटबजार सुरु गरेपछि सयौं कृषक आत्मानिर्भर हुने लक्ष्या लिइएको पोखरेलको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले धुर्कोट गाउँपालिका मासुमा आत्मानिर्भर भई सकेको र तरकारी फलफुलमा पनि आत्मानिर्भर हुने गरि कार्यक्रमहरु अगाडी बढाईएको छ । ब्यवसायीक तरकारी खेती , मासु दुध अण्डा उत्पादनमा कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ उत्पादनमा आधारित अनुदानको ब्यवस्था गरिएकोले अब तरकारी , फलफुल , दुध र अण्डामा पनि धुर्कोट आत्ममानिर्भर हुने क्रममा रहेको प्रमुख प्रशासिकय अधिकृत काशिराम पन्थीले जानकारी दिए । त्यस गाउँपलिका प्रधानमन्त्री रोजगार कार्यक्रमममा गत बर्ष ३ सय ३९ जनालाई रोगरी दिएको र यस बर्षका लागि १९ सय २६ जनाको आबेदन परेको र छनौट गर्न बाँकी रहेको संयोजक श्रीपालीले बताईन् । महिला विकास शाखा प्रमुख गंगा पन्थीले धुर्कोट भित्र ७२ वटा महिला समुह रहेको र ती समुहहरुले बाख्रा , कुखरा पालन र तरकारी खेतीबाट आत्मानिर्भर ह्ने क्रममा रहेको बताइन् ।

वडा नम्वर १ नयाँगाउँ, वडा नम्वर २ पिपलधारा र वडा नम्वर ३ हाडहाडे स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिन्छ र त्यहाँका अधिकांस कृषकहरु सुन्तला खेतीबाटै आत्मानिर्भर हुने गरेका छन् । वडा नम्वर ४ जैसीथोक दुग्ध उत्पादनको पकेट वडा हो । त्यहाँका अधिकांस कृषकहरु गाई भैसीपालनबाट आत्मानिर्भर भएका छन् । सदरमुकाम तम्घासबाट १८ किलो मिटर दुरीमा पर्ने वरबोटमा बैकिङ्ग सुविधा पाए पछि रेमिटेन्स कारोवारमा बृद्धि हुँदै आएको सनराईज बैंकका ध्रुर्व पोखरेलले बताए । धुर्कोट गाउँपालिकाको ऐतिहासिक धुर्कोट दरवारलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न त्यहाँ भत्तपुरे कालगढद्धारा प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ भने संग्रालय पनि निर्माणधिन अवस्थामा छ । तलबरबोट देखि माथी धुर्कोट सम्म दुबै तर्फ रेलिङ्ग सहित आकर्षक सिंढी चिन्ने काम भई रहेको छ । त्यहाँ पनि दर्जनौ बोरोजगार युवाहरुले रोजारी पाएका छन् । वेरबोटको केन्द्र मै बिशाल सहित पार्क निर्माण , ४ सय सिट क्षमताको बिशाल सभाहल र हाडहाडेको सोमरभोमरमा धनमुढा सामुदायिक होमस्टे सञ्चालनले आन्तरिक पर्यटकहरु भित्रिने क्रम सुरु भएको र त्यसबाट स्थानीयलाई आय आर्जनको बाटो खुल्ने गाउँपालिका अध्यक्ष पोखरेलको दाबी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।