ताजा अपडेट »

तुरिया सिंचाई आयोजना सञ्चालन, रामग्रामबासी हर्षित

मंगलबार, २७ असोज २०७७, २० : २४
16 Shares

परासी । जिल्लाको रामग्राम १५ सुक्रौली स्थित तुरिया सिंचाई आयोजनाले सिंचाई गर्न थाले पछि स्थानीय कृषक खुशी भएका छन् । सरकारले चुरेबाटै बग्ने खोला नालाका पानी उपयोगमा ल्याउने गरि नीति लिई सिंचाई प्रणालीको निर्माण गरेपछि स्थानीय कृषक सिंचाई गर्न पाए पछि हर्षित भएका हुन् । सुनवलको चुरे क्षेत्रबाट बग्ने तुरिया खोलामा बाँध निर्माण गरि सतही सिंचाई हुन थाले पछि कृषकको बालीनाली उत्पादनमा लागत घट्नुका साथै अकाशे पानीको भर पर्न नपरेको स्थानीयहरु बताउँछन् । पहिला पनि खोलाको पानीले सिञ्चाई गरिएपनि पम्पिङ्गसेट प्रयोग गर्न पथ्र्यो । तर,बाँध निर्माण भए पछि अहिले खेतमा सतही सिंचाई हुन थालेको स्थानीय कृषक बैजनाथ कोइरी भन्छन्, तुरिया सिंचाइले बर्षायामको बेला बेलैमा धानको बिउ राख्न पाएका छन् । हिउँदमा पनि खेतमै पानी जाने कुलो र नालाहरुमार्फत पुग्ने गरेको छ । यसले उत्पादन वृद्धि भएको छ ।’ यो सिचाई प्रणालीले सुक्रौली,हकुई,लंकहवा लक्ष्मिपुरसम्मका किसानले राहत महशुस गरेका छन् ।

चुरेबाट बग्ने प्रत्येक खोलाको पानी उपयोग नीति बनाई सिंचाईमा प्रयोग गरिने गरी लुम्बिनी प्रदेश सरकारका प्रवतmा तथा भौतिक पूूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताएका थिए । सोही नीतिको आधारमा अहिले तुरिया खोलाको विभिन्न स्थानमा बाँध बनाई सिचाई गर्ने योजनाहरु निर्माणको क्रममा रहेको छ,भने सुक्रौली स्थित योजना सञ्चालनमा आइ सकेको उनको भनाई थियो । तुरिया खोलाकै अन्य स्थानमा कहाँ कहाँ यस्ता सिचाई प्रणाली बनाउन सकिन्छ ? भनेर अध्ययन पनि भई रहेको छ । सतही रुपमा सिचाई गर्न सके सहती सिचाई नभए लिफ्ट हालेर पनि सिचाई आयोजना बन्ने छ ।

चुरेबाट बग्ने यस्ता खहरे खोलाको पानी बगेर भारत तर्फ जाने गरेको थियो । पानी बगेर जाँदा स्थानिय स्तरमा हिउँद महिनामै खोला सुख्खा हुने गरेको थियो । तर खोलाको पानी सिंचाईमा उपयोग गर्दा बाँध निर्माण गर्न परेको छ । त्यो बाँधले सिचाई मात्र नभई पानी जम्मा हुदा वातावरणीय क्षेत्रमा पनि अनुकुल प्रभाव परेको छ । भूमिगत पानीको अवस्था कायम राख्न जमिन रिचार्ज भएको छ । जलचरहरुको बास स्थान बनेको छ । गाईबस्तु,चराचुरुगीँलाई पानी खाने वातावरण बन्न पुगेको हुदा यस्तो आयोजनाले प्रत्यक्ष कृषकलाई मात्र नभई जलवायु अनुकुलनमा अप्रत्यक्ष फाईदा पुर्याउने गरेको मन्त्री चौधरीको तर्क थियो । उनका अनुसार तुरियासंगै जिल्लाका झरही,खजुरा लगायतका अन्य खोलामा पनि सिचाई सम्भाब्यता अध्ययन भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।