ताजा अपडेट »

सम्मरीमाईका अध्यक्ष सि. के. राउत नेतृत्वको पार्टीमा प्रवेश

मंगलबार, २७ असोज २०७७, १८ : २६
4 Shares

भैरहवा । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) सि. के. राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने सहमति गरेका छन् । २०७३ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक ) बाट गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएका शुक्ला विजयी भएका थिए । फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भए पछि नेकपामा प्रवेश गरेका उनले नेकपा पनि परित्याग गरेका थिए ।मँगलबार सम्मरीमाई गाउँपालिकामा आयोजित

कार्यक्रममा शुक्ला सि. के. राउत नेतृत्वको प्रवेश गर्ने औपचारिक सहमती गरेका छन् । उनलाई पार्टीका केन्द्रिय सदस्यहरु अब्दुल खाँ, भोपेन्द्र यादव र इरफान सेखले पार्टी प्रवेश गराउन सहमती गराएका थिए । पार्टी प्रवेश सहमती कार्यक्रमलाई सम्बोधन गर्दै नेता शुक्लाले भ्रष्टाचार हटाउन, विपदबाट जोगाउन जनमत सेनाको आवश्यकता रहेको औल्याए । यस्तै पार्टीका केन्द्रिय सदस्य इरफान सेखले मधेस र मधेशीको हकहित र मुक्तिको लागि पार्टी प्रवेश गरेकोमा धन्यवाद दिए ।

यस्तै अर्का केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले जनताको शासनको अनूभुती दिलाएको जितेन्द्र नाथ शुक्लाले मधेश र मधेसी जनताको साथ दिन पार्टी प्रवेश गरेको बताए । केन्द्रीय सदस्य अब्दुल खानले जनमत पार्टीले पटक पटक मधेस र मधेसीको हकहितको लागि काम गर्दै आइरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।