ताजा अपडेट »

अब एन्टिजेन किटमार्फत एक हजारमै कोरोना परीक्षण हुने

मंगलबार, २७ असोज २०७७, १७ : ३२
8 Shares

काठमाण्डौ । सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए । उनले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताए । यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।