ताजा अपडेट »

बुटवलमा बेवारिसे शव फेला

मंगलबार, २७ असोज २०७७, १७ : ०५
4 Shares

बुटवल । बुटवलमा बेवारिसे शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्क स्थित सिद्धार्थ राजमार्गको नालीमा मंगलबार बिहान बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शव अन्दाजी ३०/३५ वर्षको पहाडी मुलको पुरुष रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।