May 16, 2021, Sunday
२ जेष्ठ २०७८, आईतवार

छन्त्याल समुदायले मनाए नयाँ वर्ष

249


माघ १,
ग्लोबल आवाज
बुटवल । छन्त्याल समुदायले आज म्हिलाङे सोङती छारम्येङ (माघे संक्रान्ति)नयाँ वर्ष बुटवल –१२ ढवाहमा धुमधामका साथ मनाएका छन् । नेपाल छन्त्याल संघ जिल्लासमिति,रुपन्देहीले मुल कार्यक्रम गरेर माघे संक्रान्ति मनाएका हुंन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले छन्त्याल समुदाय लोपोन्मुख अवस्थामा रहेकाले यसको संरक्षण
राज्यले गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पहिचान र अधिकारका लागि
छन्त्याल समुदाय एक हुनुपर्ने पनि बताएका छन् । कार्यक्रममा नेपाल छन्त्याल
संघका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद छन्त्याल,केन्द्रीय सदस्य जयबहादुर
छन्त्याल,प्रदेश ५ का अध्यक्ष दलबहादुर छन्त्याल,नेपाल छन्त्याल महिला
संघ,रुपन्देहीकी अध्यक्ष सुपीतारा छन्त्याल लगायतले बोल्नुभएको थियो


।कार्यक्रममा छन्त्याल समुदायका बयोवृद्ध ८९ वर्षीय पार्वती छन्त्याल र ८६ वर्षीयचन्द्रकला छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय
कलाकार मन छन्त्यालले बेनीको बजार लगायतको गीत प्रस्तुत गरेर दर्शकलाई
छमछमी नचाएका थिए । संघका जिल्ला अध्यक्ष भरत छन्त्यालको अध्यक्षता,सचिव नना
छन्त्यालको सञ्चालन तथा सुवेदार गंगाबहादुर छन्त्यालको स्वागतमा कार्यक्रम
सम्पन्न भएको थियो ।

पछिल्लो अपडेट