ताजा अपडेट »

‘खेलाडी सधै काठमाण्डौंको धुलोमा, तपाईहरु चिल्लो गाडीमा ?’

मंगलबार, २७ असोज २०७७, १९ : ००
2 Shares

बुटवल । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले सामाजिका सञ्जालमा खुला पत्र लेख्दै खेलकूद गतिविधि तत्काल सञ्चालन गर्न माग गरेका छन् । विश्वव्यापी कोरोना महामारीले लामो समय खेलकूदका गतिविधि सञ्चालन नहुँदा खेलाडीलाई बाच्न समेत गाह्रो भएको बताउँदै उनले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गतिविधि सञ्चालन गर्न सरकार तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेका हुन् ।

चेमजोङले अन्य पेसा व्यवसायीका बारेमा आवाजहरु उठ्ने गरे पनि खेलाडीका बारेमा सरकार तथा कुनै पनि निकायले चासो नदिएको गुनासो गरेका छन् । ७ महिला लामो समयदेखि घरमा बस्नुपर्दा परिवार पाल्न गाह्रो हुनुका साथै अभ्यास गर्न नपाउँदा खेलाडीहरुको सीपमा समेत ह्रास आउने चिन्ता व्यक्त गरेका छन् ।

मँगलबार आफ्नो फेसबुक पेजमा कप्तान चेमजोङले प्रश्न गर्दै लेखेका छन्-‘किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधै मर्म मै पर्ने र मर्ने हो भने तपाईहरुले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो ? खेलाडी सधैं काठमान्डौको धुलोमा, तपाईहरु चिल्लो गाडीमा ?’ लामो समयसम्म खेलकूद क्षेत्रमा परेका असरका बारेमा सरकारलाई चासो नभएको गुनासो गर्दै उनले खेलकूद क्षेत्रमा भविष्य देखेका नयाँ पिँढीहरुलाई समेत यसले असर गर्ने उल्लेख गरेका छन् । अन्य देशहरुमा पनि खेलकूदका गतिविधिहरु सुरु हुँदा नेपालमा यस विषयमा नसोचिएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

‘खेलाडीहरुका लागि बनाइएको ग्राउण्डमा खेलाडीलाई निषेध हुने तर, फिल्म सुटिङ र म्यूजिक भिडियो बनाउनेलाई प्रवेश खुला ?’-भन्ने कडा प्रश्न गर्दै उनले अगाडी लखेका छन्-‘ दुई खुट्टा चलाएर घर परिवार हेर्नू पर्ने हुन्छ, ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपुर्ती कस्ले दिन्छ ?’ सरकारको व्यवास्ताले खेलाडीहरु विदेशीन थालेका बताउँदै उनले नेपाली खेलकूदका लागि यो लज्जाको विषय भएको उल्लेख गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।