२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । कोभिड- १९ ले सञ्चार क्षेत्रमा परेको समग्र प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले आफ्ना राय, परामर्श, सुझाव एवं प्रतिक्रिया यही असोज मसान्तभित्र पठाई सहयोग गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

गत साउन २६ गतेको निर्णयानुसार आमसञ्चारमाध्यमहरुको विद्यमान अवस्था, प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनमा परेको प्रभाव, क्षति न्यूनीकरणमा गरिएको प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिका एवं कोभिड –१९ ले सिर्जना गरेको थप सम्भावित चुनौतीका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालका संयोजकत्वमा सो समिति गठन गरिएको थियो ।

राज्यनियन्त्रित सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका हकमा यही असोज २५ गते पत्र पठाई असोज मसान्तसम्म रायपरामर्श दिन भनिएको छ । समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस तथा सूचना समन्वय शाखा तोकिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग