ताजा अपडेट »

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न तयार : सभामुख महरा

मंगलबार, ०१ माघ २०७५, १२ : ३९
6 Shares

माघ १,

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न संसद तयार रहेको बताएका छन् । सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

मंगलबार नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाट्टा) को ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सबैभन्दा बढि सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए ।

सभामुख महराले पर्यटन क्षेत्रको विकासबाट मात्रै पनि मुलुकलाई धान्न सकिने उल्लेख गर्दै त्यसका लागि सरकारले निजी क्षेत्रको सक्रियतामा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।