ताजा अपडेट »

मन्त्री केसीलाई कोरोना पुष्टि, अन्य हाई प्रोफाइलका व्यक्ति जोखिममा

शुक्रबार, २३ असोज २०७७, १४ : ४३
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको हो । मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव पवनकुमार कुंवरले जानकारी गराए । ‘रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गरिएको उनलाई कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अन्य हाई प्रोफाइलका व्यक्तिहरु पनि जोखिममा परेका छन् । गत मँगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ । बैठकमा सहभागी मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।