ताजा अपडेट »

नेपाली युवतीलाई भारतीय वेश्यालयमा बेच्ने पक्राउ

मंगलबार, ०१ माघ २०७५, १२ : ०३
4 Shares

माघ १,
काठमाडौं ।  नेपाली युवातीलाई भारतका वेश्यालयमा बेचेर प्रतिव्यक्ति ६ लाख रुपैंया असुल्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरी धरान नगरपालिका–१७ का सन्तोष राईलाई धरानबाट पक्राउ गरेको हो।

राईले नेपाली युवतीलाई भातरको दिल्लीस्थित जिबि रोडको वेश्यालयमा पुर्‍याएर त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ। राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।