ताजा अपडेट »

माघे सक्रान्तिः रिडी मेलामा श्रद्धालुहरुको घुइँचो

मंगलबार, ०१ माघ २०७५, ११ : ५४
10 Shares

माघ १,
गुल्मी । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेल अबलोकन गर्नेहरुको बिहानै देखि घुँइचो लागेको छ ।
माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ । यो दिन रिडी क्षेत्रमा तिथी श्राद्ध गर्नेहरुको भिडभाड लाग्ने गर्दछ ।

गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ ।  भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।  यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।
 सक्रान्तिको अवसरमा रिडीमा लाग्ने ठूलो मेला ५ दिनसम्म चल्ने छ ।  रुरु स्थित रुरु फ्रेण्ड क्लव,रुरु गाउँपालिका लागयत तिन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् ।  मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । 

 व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत गरिदै आएको छ । माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि  १ सय ३० वटा स्टल निर्माण गरिएको छ । सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु वार्ड अध्यक्ष रामलाल  बिश्वकर्माले जानकारी दिए । 
   मन्दिर तथा मेला व्यवस्थापन समितिले दर्शन पछि टाढा बाट आउने दर्शनाथी को लागि  निशुल्क खानपानको ब्यावस्था मिलाएको छ । चहाना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भत तर्कारी खान सक्ने छन् । ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । माघे सक्रान्तिको अबसरमा सेतीबेनी,रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।