ताजा अपडेट »

भालुवाङ्गमा स्थायी राजधानी : दाङ्गभर बाजा–गाजा सहित दीप प्रज्वलन

मंगलबार, २० असोज २०७७, २१ : ०१
4 Shares

न्यायोचित घोषणा : पूर्वसभामुख ओनसरी घर्ती

दाङ्ग । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएको खुसीयालीमा बिभिन्न संघसस्थाद्वारा मंगलबार जिल्लाभर बाजागाजा सहित दिपप्रज्वलन गरिएको छ । घोराहीको शहीद गेटमा आयोजना गरिएको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाकी प्रदेश अध्यक्ष ओनसरी घर्तीले निकै न्यायोचित ढंगले प्रदेश सरकारले दाङको भालुवाङलाई प्रादेशिक राजधानी घोषणा गर्न सफल भएको बताइन् ।

उनले प्रदेश सरकार गठन भएको करिब तीन वर्षपछि प्रदेशले स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी पाएको भन्दै सबैभन्दा उत्कृष्ट राजधानी बन्ने विश्वास सहित बधाई तथा शुभकामना ब्यक्त गरिन् । कार्यक्रको प्रमुख अतिथी समेत रहेकी पूर्व सभामुख घर्तीले दाङ प्रदेशकै सबैभन्दा बिचको जिल्ला हुनुका साथै जुनसुकै दुष्टिकोणबाट राजधानीका लागि उपयुक्त भएकाले हिजोको दिनमा दाङबासीले गरेका आन्दोलनले आज सार्थकता पाउन सफल भएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै उनले दाङमा राजधानी आउनु दङ्गालीका लागि अवसर र प्रतिरोध दुबै रहेको उल्लेख गर्दै राजधानी स्थापित गर्न सबै जनता संयमताका साथ जिम्मेवारीबोध गर्नुपर्ने बताइन् । यस्तै घर्तीले कार्यक्रममा बोल्दै एसिया महादेशकै दोस्रो ठुलो उपत्यका दाङ राजधानी हुनुमा प्रदेशका अधिकांश नागरिककोहित हुने भएको बताइन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले प्रदेश राजधानी न्यायोचित ढंगबाट भालुवाङ घोषणा गरिएकाले खुशी ब्यक्त गरे । समसामयिक विकास, जनताको कदर, संघीयताको मर्म र भावना अनुसार प्रदेश ५ का सबै नागरिकलाई पायक पर्ने ठाउँमा राजधानी तोकिनु उपयुक्त भएको भन्दै राजधानी दाङ ल्याउन महत्वपुर्ण भूमिका खेल्ने मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैलाई प्रति धन्यवाद ज्ञापन गरे । जिल्लाका सबै बजार तथा ग्रामीण क्षेत्रमा भौतिक दूरी कायम गर्दै दीप प्रज्ज्वलन गर्दै मंगलबार खुसीयाली मनाईएको छ ।

यस्तै राजधानी सरोकार समितीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका नारायनप्रसाद भुषालले सरकारले हाम्रो बिगतको अभियान र अन्दोलनलाई सम्बोधन गर्दैैै प्रदेशबासीको भावनाअनुसार दाङ राजधानी पारित गरेकामा खुशी ब्यक्त गरे । उनले भने दाङमा राजधानी सबैको हितका लागि आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।