ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमा नगरप्रमुख घिमिरेमा कोरोना संक्रमण

मंगलबार, २० असोज २०७७, २० : ३७
12 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर सार्वजनिक स्थल र सभाहरुमा पनि सहभागी भएका नगरप्रमुख घिमिरेलाई लक्षण देखिएकोले पिसिआर चेक गरिएकोमा मंगलबार उनको पोजिटिभ रिपोर्ट आएको हो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको घिमिरे आफैले सार्वजनिक गरेका छन् । आफू संक्रमित भएपछि आफनो सम्पर्कमा आएकाहरु सबैलाई जानकारी दिने उद्देश्यले संक्रमित भएको सार्वजनिक रुपमा जानकारी गराएको उनले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेखी सो जानकारी दिएका हुन् । साथै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङ्गको भालुवाङ्ग प्रस्ताव गरेल गत्तै यस क्षेत्रका जनताको भावना विपरित भएको भन्दै विरोध जनाएका घिमिरे सोमबार बुटवलमा भएको विरोध कार्यक्रममा पनि सहभागी भएका थिए । जनताको सेवाका लागि फिल्डमै खटिँदा प्रमुखलाई सक्रमण भएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।