ताजा अपडेट »

‘लुम्बिनीका लागि कालो दिन’

मंगलबार, २० असोज २०७७, १६ : ००
4 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ हुनेभएपछि रुपन्देहीको तिलोत्तमाका मेयर बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनी बासीका लागि कालो दिनको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुक स्टाटसमा उनले ‘लुम्बिनीको लागि आज कालो दिन ।’ लेखेका छन् ।

मंगलबार बसेको प्रदेश ५ प्रदेशसभा बैठकले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गेको हो । प्रदेश ५ सकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि स्थायी राजधानी दाङ भएको हो । प्रस्तावको पक्षमा कूल ८२ मत मध्ये ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।

८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ मा सभामुख र उपसभामुखले मत हाल्न पाउने व्यवस्था हुँदैन । ३ जना सांसद मतदानमा सहभागी भएनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।