ताजा अपडेट »

प्रदेश ५ को राजधानी दाङको भालुवाङ

मंगलबार, २० असोज २०७७, १५ : ४०
22 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ भएको छ । प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि स्थायी राजधानी भालुवाङ भएको हो ।

गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा ३ वटा संसोधनको प्रस्ताव पेशभएको थियो । संसदमा मंगलबार भएको मतदानमा ६९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा १३ जना सांसदले विपक्षमा मतदान गरेका थिए । ८७ जना सांसदहरु मध्ये ८२ जना सांसदहरु बैठकमा उपस्थित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।