ताजा अपडेट »

रुपन्देहीलाई नेकपाको ललिपप ‘पर्यटकीय राजधानी’

मंगलबार, २० असोज २०७७, १४ : ४३
6 Shares

बुटवल । राजनीतिमा आश्वासन निकै सामान्य बन्दै आएकोछ । जसरी बालबालिकालाई भुलाउन अभिभावकले ‘ललिपप’ दिने आश्वासन दिन्छन्। त्यस्तै भएको छ साविकको लुम्बिनी,रुपन्देही र बुटवलबासीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीलाई पर्यटकीय राजधानीको पासा फालेर स्थायी राजधानी दाङ बनाउने प्रस्तावको पक्षमा सहमती जुटाउने प्रयास गरेका छन् । मंगलबार बसको प्रदेश ५ प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले प्रसाशनिक राजधानी दाङ भएपनि आर्थिक तथा पर्यटकीय राजधानी रुपन्देही रहने गरी साझा विकल्पमा गएको उल्लेख गरे ।

प्रदेशको नाम लुम्बिनी राखेर प्रदेशका १२ वटै जिल्लामा लुम्बिनीको भावना विकास हुन सहयोग गरेको बताउँदै उनले नयाँ ठाउँको खोजी गर्ने क्रममा दाङको भालुवाङ स्थायी राजधानीको लागि उपयुक्त स्थान रहेको दाबी गरे । आफ्नो लाम बैठकमा प्रस्तवाको पक्षमा समर्थन जुटाउने व्याख्यामा खर्चिएका उनले पाल्पाको रानीमहल क्षेत्रलाई विशेष शहर, नवलपरासीमा जल यातायात, लुम्बिनी क्षेत्रको विकास तथा रोल्पा पुर्वमाको विकास लगायतका प्रसँगहरु उल्लेख गरेका छन् ।

यसैगरी स्थायी राजधानीको प्रस्तावको विषयलाई लिएर सोमबार संसदमा भएको विरोध तथा तोडफोडको विषयलाई उनले राजनीतिक संस्कारबाट विचल्लित भएको प्रतिक्रिया दिए । विशेष समितिले प्रतिवेदनलाई नै आधार मानेर सरकारले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव ल्याएको उनले बताए ।

‘कहाँ राजधानी बनाउने भन्ने कुरामा होइन कस्तो राजधानी बनाउने बारेमा साझा मनोविज्ञान तयार गरौं ।’-पोखरेलले भने ‘राजधानी नयाँ ठाउँमा तोकियो भन्ने सवालमा कुनै किसिमको चिन्ता नगर्न म आग्रह गर्न चाहान्छु ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।