ताजा अपडेट »

गुल्मीमा ट्याक्टर दुर्घटना, एकको ज्यान गयो २ घाइते

सोमबार, १९ असोज २०७७, ०९ : ३६

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बर को ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए ।

दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मी दरवार गाउँपालिका वडानम्बर–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुको मजुवा स्थित शारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक रावलले जानकारी दिए । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।