ताजा अपडेट »

अखण्ड लुम्बिनी वृहत्तरमा रुपान्तरण हुँदैछ : मुख्यमन्त्री पोख्रेल

सोमबार, १९ असोज २०७७, ०८ : ५५
6 Shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साविकको लुम्बिनी अञ्चल वृहत्तर रुपमा रुपान्तरण हुँदै गरेको बताएका छन् । सोमबार विहानै सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गर्दै उनले सो कुरा बताएका हुन् । पहिले लुुम्बिनी अञ्चल रहेको र प्रदेश विभाजनका क्रममा पहाडी जिल्ला टुक्राउने विषय पेचिलो बनेको थियो ।

सोही क्रममा वि.सं.२०७४ मा अखण्ड लुम्बिनीको नारा र विरोधले रुपन्देही, साविक लुम्बिनी मात्रै नभई केन्द्रनै तातेको थियो । साविकको लुुम्बिनी सहित अन्य ६ जिल्ला वा भागहरु समेटेर बनेको प्रदेश ५ ले करिब ३ वर्षपछि समग्र प्रदेशको नाम लुम्बिनी हुने आसयमा उनले अखण्ड लुम्बिनीबाट वृहत्तर लुम्बिनी हुँदै गरेको भन्ने बुुझिन्छ । र, उनले यो सिङ्गो प्रदेशबासीलाई गौरवको विषय रहेको बताएका छन् ।

शुक्रबार प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ्ग प्रस्ताव गरेको छ । आज बस्ने प्रदेश ५ को छैंठो अधिवेशनको ३० औं बैठकबाट छलफल गरी उक्त प्रस्ताव पास गर्ने सम्भावना प्रवल छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।