ताजा अपडेट »

सोमबारको लुम्बिनी बन्द फिर्ता,संसद भवन घेराउ गर्ने तयारी

सोमबार, १९ असोज २०७७, ०८ : १४
2 Shares

बुटवल । प्रदेश राजधानी सार्ने सरकारको प्रस्ताव विरुद्ध आन्दोलन गरीरहेका बुटवलका विभिन्न सामाजिक संघ-संस्थाहरुको संयुक्त सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमाजर्न गर्दै सडक सुचारु रहने जनाएको छ । प्रदेशको नाम र तथा स्थायी राजधानीको प्रस्ताव माथी आजदेखि छलफल सुरु हुने भएपछि प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिएको सञ्जालले संसद भवन घेराउको तयारी गरेको छ ।

प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलन गरिरहेका बुटवलका विभिन्न संघ-संस्थाहरुको संयुक्त सञ्जालले आज विहानै देखि संसद भवन घेराउका लागि तयारी थालेका छन् । सञ्जालले हिजो आह्वान गरेको लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित भएको सञ्जालका संयोजक खेमबहादुर हमालले बताए ।

‘साबिक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरिएको भएपनि सार्वजनिक सवारीका साधन चल्न नपाउँदा समर्थकहरु बुटवल आउन समस्या पर्ने भएपछि कार्यक्रम परिमार्जन गरिएको हो ।’-संयोजक हमालले भने ‘अन्य व्यापार व्यवसाय बन्द रहेपनि सडक सुचारु गर्ने भनेका हौ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।