ताजा अपडेट »

भोलि साविक लुम्बिनी अञ्चल बन्दको आह्वान

आइतबार, १८ असोज २०७७, १८ : १३
16 Shares

बुटवल । बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका संघ–संस्थाहरुले भोलि सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका छन् । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार विहान ९ बजेदेखि लुम्बिनी बन्दको आह्वान गरेका हुन् ।


सञ्जालले भोलि सोमबार बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खेमबहादुर हमालले बताए । विरोधको कार्यक्रम अन्तरगत प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनुका साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको हमालले बताएका छन् । यसै बीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले यस क्षेत्रका मूख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।
यसैबीच नेपाली काँग्रेस रुपन्देहीले निषेधाज्ञा तोड्दै आइतबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । स्थायी राजधानी बुटवललाई नै कायम गर्नु पर्ने माग राख्दै काँग्रेसका नेता कार्यकर्ताहरुले सडकमा टायर बाल्नुका साथै रुन्देही बन्द आह्वान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।