ताजा अपडेट »

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

आइतबार, १८ असोज २०७७, १२ : ०७
6 Shares

बुटवल । नेपाली कांग्रेसले पार्टीका केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि सानेपास्थित केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरेको छ ।

कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज १५ गते दुई सय ५० जना नेताहरुको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको हाे ।

जसअनुसार आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कांग्रेसका केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसीलगायतलाई कोरोना संक्रमण भएपछि हाल उनीहरु होम आइसोलेसनमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।