ताजा अपडेट »

बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

आइतबार, १८ असोज २०७७, ११ : १७

बुटवल । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।