ताजा अपडेट »

रुपन्देहीमा बन्दको प्रभाव बिहानैदेखि

आइतबार, १८ असोज २०७७, ०८ : २८
10 Shares

बुटवल । कांग्रेस रुपन्देहीले आह्वान गरेको रुपन्देही बन्दको प्रभाव बिहानै देखि परेको छ। प्रदेशसभामा प्रदेश स्थानीय राजधानी बुटवलबाट सार्ने प्रस्ताव पेश भएपछि काङ्ग्रेसले रुपन्देहीमै प्रदेशको स्थानीय राजधानी हुनु पर्ने भन्दै बन्दको आह्वान गरेको हो । सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन्।

बुटवलमा शनिबार कांग्रेसका प्रदेश सांसदसहित बसेको बैठकले प्रदेश सभा घेराउ गर्ने जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। प्रशासनले निषेधित क्षेत्र घोषण गरेको स्थानमा ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना अनुसार प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन गर्न तथा ती स्थानमा ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।