ताजा अपडेट »

दाङमा १८ जना जुवाडे पक्राउ

शनिबार, १७ असोज २०७७, १९ : २२
6 Shares

दाङ । दाङमा प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । देउखुरीको सिसनीयाबाट १० र बबई गाउँपालिकाबाट ८ जनालाई पक्राउ गरेको हो । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया बजारमा रहेको दर्शन खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ७ का बिक्रम शाह, सोहि ठाउँका मोहन गाहा मगर, विक्रम राना, श्याम गुरुङ, बसन्त बेल्वासे, लक्ष्मण गिरी, छोटेलाल चौधरी रहेका छन ।
यस्तै बेल सिंह भैयामगर, युवराज बुढा र रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नम्बर ७ का नारायण रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुको साथबाट नगद दुई लाख ६० हजार एक सय २५ रुपैया, तास खोलेको ४ गड्डी र नखोलेको ४२ गड्डी नियन्त्रणमा लिएको डिएसपी खड्काले जानकारी दिए । यस्तै उता बबई गाउँपालिका वडा नम्बर ३ धनुवास स्थित केशव भनिने केश कुमार बि।क। को घरमा जुवा खेलिरहेको समयमा ८ जना जुवाडेलाई प्रहरी प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घर मालिक बि।क सहित लोक बहादुर खड्का, पर्साराम बि.क, शेर बहादुर बि.क, प्रेम पुन, बिन बहादुर घर्ती, बिक्की नेपाली र भाईलाल नेपालीलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी खड्काले जानकारी दिए । उनिहरुको साथबाट १ गडडी तास र दुई लाख ६१ हजार ९ सय ९० रुपैया पनि पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध जुवा ऐन अन्तर्गत मुद्धा दर्ता गरेर कारबाही गरिने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।