ताजा अपडेट »

राजधानीको विषयमा सत्तारुढ दलमै कुरा बाझियो, संसदीय दलको ५ घण्टा लामो बैठक अझै सकिएन

शनिबार, १७ असोज २०७७, १३ : ४९
6 Shares

बुटवल । प्रदेश ५ को नामाकरणसँगै स्थायी राजधानी प्रस्तावको विषयमा छलफल गर्न बसेको सत्तारुढ दल नेकपा संसदीय दलको बैठक विहानदेखि जारी छ । विहान ८ बजेदेखि जारी बैठक झण्डै ६ घण्टा हुन लाग्दा पनि निष्कर्शमा पुग्न सकेको छैन । बैठकमा सहभागी एक सदस्यका अनुसार बैठक सकिन अझै एक देढ घण्टा लाग्ने जानकारी दिए ।

प्रदेश ५ प्रदेश सभामा शुक्रबार आन्तरिक मामामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नामाकरणसहित स्थायी राजधानी दाङ हुने गरी प्रस्तव पेश गरेपछि आज विहान बैठक बोलाइएको थियो । प्रदेशको स्थायी राजधानीका विषयमा सत्तारुढ दल भित्र नै कुरो बाझीएपछि छलफल लम्बिएको एक सदस्यले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।