ताजा अपडेट »

असुरक्षित महशुस गर्दै नेकपाका प्रदेश सांसद

शनिबार, १७ असोज २०७७, १३ : ३८
12 Shares

बुटवल । प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा स्थायी राजधानी बनाउन गरेको प्रस्तावसँगै यस क्षेत्रका सांसदहरुले असुरक्षाको महशुस गरेका छन् । नेकपाको तर्फबाट प्रदेश सभाका सांसदहरुले जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै सुरक्षाको माग गरेका हुन् । उनिहरुले त्रासमा रहेको र जुनसुकै बेला पनि आक्रमण हुनसक्ने भन्दै सुरक्षा ब्यवस्था मिलाउन र घरको बीमा समेत गरिदिन मुख्यमन्त्री समक्ष आग्रह गरेका छन् ।

शुक्रबार नेकपाको तर्फबाट प्रदेशसभामा निर्वाचित सदस्य भोज प्रसाद श्रेष्ठको घर अगाडी आन्दोलनको केन्द्र बनाएर टायर बाल्ने र नाराजुलुस गर्ने काम भएको भन्दै एक सदस्यले अन्य सदस्यहरुको घरमा पनि आक्रमण हुन सक्ने चिन्ता व्यक्त गरे । आफू तथा आm्नो घरमा समेत आक्रमण हुन सक्ने भन्दै उनले घरको बिमा गरिदिन आग्रह गरे ।

राजधानी नामाकरण तथा स्थायी राजधानीको प्रस्तावसँगै बुटवलमा रहेका प्रदेश सरकारका सबै कार्यालय तथा सांसदहरुको घरमा समेत सुरक्षा व्यवस्थाकडा पारिएको छ । सम्भावित दुर्घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई तयारी तथा चनाखो पारी राखेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।