ताजा अपडेट »

कालिकाद्वारा व्याडमिण्टन प्रतियोगिता, सुनार र थापा विजयी

शनिबार, १७ असोज २०७७, १३ : ०९
12 Shares

बुटवल । कालिकानगर व्याडमिण्टन क्लबद्वारा आयोजित अन्तर क्लब व्याडमिण्टन प्रतियोगिताको उपाधि प्रेमबहादुर सुनार र अग्नि थापाको जोडीले जितेको छ । १० जोडी खेलाडीको सहभागिता रहेको प्रतियोगितामा साजन भारी र दिनेश पोख्रेलको जोडी द्धितिय भएको छ भने टिका गोदार र कृष्ण प्रधानको जोडी तृतिय भएको छ ।

लकडाउन र कोरोना कहरका कारण लामो समय खेलकूद क्षेत्र प्रभावित बनेको क्लबका सदस्य तथा खेलाडी बीच दूरी पनि बढेको हुँदा आपसी भेटघाट र एकताको लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक प्रेम सुनारले बताए । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय भएका खेलाडीहरुलाई वयोवृद्ध दामोदर बज्रचार्यले सम्मान तथ ट्रफि प्रदान गरेका थिए ।

बुटवल –११ ,चौराली पथ स्थित कभर्ड हलमा सम्पन्न प्रतियोगिताको पुरस्कार प्रायोजन स्पोर्ट ग्यालरी बुटवलले गरेको प्रतियोगिताका संयोजक सुनारले बताए । साथै प्रतियोगिता सम्पन्न सहयोग गर्ने सबैलाई सम्मान गरिएकोपनि उनले बताए । प्रतियोगितामा रेफ्रीको भूमिका सुनिल शाहीले निभाएका थिए भने कार्यक्रमको सञ्चालन हेम थापाले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।