ताजा अपडेट »

तिनाउमा राजारानी र त्रिवेणी सामुदायिक वनको संयुक्त वार्षिकोत्सव

शनिबार, १७ असोज २०७७, ११ : ५४
10 Shares

तिनाउ । पाल्पाको तिनाउ–२ हरियालीमा अवस्थित राजारानी सामुदायिक वन तथा त्रिवेणी सामुदायिक वनले संयुक्त रुपमा वार्षिक साधारणसभा मनाएका छन् । राजारानी वनको १७ औं तथा त्रिवेणी सामुदायिक वनले १२ औं साधारण सभा मनाएका हुन् ।

सो अवसरमा तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले सामुदायिक वन सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै संरक्षणमा जोड दिए । विश्वव्यापी कोरोना महामारी तथा लकडाउन अवधिमा राहत वितरण, जिविको पार्जनका लागि पशुपालन लगायतका क्षेत्रमा गरेका योगदान प्रशंसनीय भएको उल्लेख गरे । यस्तै सामुदायिक वन समन्वय समितिका सदस्य खगेन्द्र केसीले सामुदायिक वन गाउँको विकासका लागि मेरुदण्डको रुपमा काम गरेको बताए ।

कार्यक्रममा बल बहादुर सारु, मोहन वि.क., माया थापा, माल्मती थापा र कृष्ण खड्काले शुभकामना व्यक्त गर्दै सामुदायिक वनले स्थानीयको जिविको पार्जन तथा स्वरोजगार सिर्जनाका कार्यक्रमहरु ल्याउन आग्रह गरे । छविलाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा राजारानी सामुदायिक वनमा २१ लाख ६६ हजार ८४५ बरावरको आर्थिक कारोबार तथा त्रिवेणी वनमा १० लाख ९१ हजार ४७८ रुपैयाँ बराबरको आर्थिक कारोबार सार्वजनिक गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।