ताजा अपडेट »

रजा-ए मुस्तफा मस्जिदमा नयाँ नेतृत्व

मंगलबार, ०१ माघ २०७५, ०९ : ११
2 Shares

माघ १,

ग्लोबल आवाज

बुटवल । रजा–ए मुस्तफा मस्जिद समितिको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले हाजी मकबुल मियाको अध्यक्षतामा १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहेका मकबुल दोस्रो कार्यकालका लागि फेरि चुनिएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हाजी रहमद खाँ, उपाध्यक्षमा हाजी मोहम्मद इस्माईल, सचिवमा सहमद खान, कोषाध्यक्षमा हाजी अकवर खान, सहसचिवमा खलिल मिया चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हाजी वरकदिन मिया, इर्साद आलम, सादिर मिया, गथुर मिया (राधु), मोहम्मद गब्बार मिया, जलिल मिया, अलाउद्धिन मिया, सकरत मिया, हाजी मोहम्मद मिया, अब्जाल अली, कमरुद्धिन खान, वसरदिन अली र नेहमद अली चुनिएका छन् ।

समितिको कार्यकाल दुई वर्षको हुनेछ । अध्यक्षमा चयन भएपछि बोल्दै हाजी मकबुल मियाले अवको कार्यकालमा समितिको संस्थागत विकासमा जोड दिंदै आर्थिक सुशासन, पारदर्शीता, शिक्षा तथा सामाजिक क्षेत्रमा संस्थालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।