ताजा अपडेट »

प्रदेश राजधानी दाङ लैजानु अदुरदर्शी र अव्यवहारिक : उद्योग संघ

शनिबार, १७ असोज २०७७, ११ : १७
4 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्तावप्रती रुपन्देही उद्योग संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले सम्पन्न र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ लैजाने निर्णय अव्यवहारिक र अदुरदर्शि भएको संघले ठहर गरेको छ ।

‘बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमूल्यन गर्दे राजनैतीक पूर्वाग्रही मानसिकताका कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको छ ।’-संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर नठान्नु हुन र समयमै उचित कदम चाल्नुहुन समेत जोडदार माग गर्दछौ ।’

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रदेश ५ को स्थायी राजधानी बुटवको विकल्प नरहेको यस परिप्रेक्षमा प्रदेश सभामा सहभागी सम्पूर्ण पार्टी र सभासदज्यूलाई समेत आफ्नो अडान कायमै राख्न आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।