ताजा अपडेट »

तिलोत्तमामा खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

शुक्रबार, १६ असोज २०७७, १८ : ०४
4 Shares

बुटवल । तिलोत्तमामा खोलामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१२ टुकटुकियाका १७ वर्षीय राजन पश्चिममा थारुको बिहीबार रोहिणी खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । वडा नम्बर १२ जुटपानी स्थित रोहिणी खोलामा ३/४ जना समूहमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।