ताजा अपडेट »

२७२२ जनामा कोरोना संक्रमण, ३३०३ संक्रमित डिस्चार्ज

शुक्रबार, १६ असोज २०७७, १६ : २५
8 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २७२२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २७२२ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३३०३ जना रहेका छन् भने कुल निको हुनेको संख्या ६० हजार ९६९ पुगेको छ । यस्तै कोरोनाबाट थप ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।