ताजा अपडेट »

प्रदेश ५ ले कोरोना कोषमा थप १० करोड निकासा दिने

शुक्रबार, १६ असोज २०७७, १२ : ३१
6 Shares

बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको हो ।

यस अघि प्रदेश सरकारले १० करोड रुपैंया राखेर कोष स्थापना गरेको थियो । वैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्विकृत गरिएको गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।