April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

१९११ जनामा कोरोना संक्रमण, ९६१ संक्रमित डिस्चार्ज

630

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १९११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १९११ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९६१ जना रहेका छन् भने कुल निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यस्तै कोरोनाबाट थप ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

पछिल्लो अपडेट