ताजा अपडेट »

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान

विहीबार, १५ असोज २०७७, १६ : २२
4 Shares

बुटवल । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यो बर्ष कोरोनाको कारण सबै ज्येष्ठ नागरिकहरुलाई एकै ठाउमा भेला गराएर सम्मान गर्न सम्भव नभएकोले प्रत्येक वडामा नगर प्रमुख आफै उपस्थित भएर प्रतिनिधि मुलक हिसाबले सम्मान गरेका हुन्।

सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नु भएका ज्येष्ठ नागरिकहरू राष्ट्रका धरोहरका रूपमा आदरणीय रहेको बताउँदै सबै ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनको कामना व्यक्त गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।